प्रकाशित मिति : २०२३-०५-१८ (अद्यावधिक मित : २०२३-०८-०४)

आयोजना भगवान समान भयो : सुशिला 

  • बाख्रापालन गरेर एकल महिलाले सजिलै छोराछोरी पढाउने, साहुको ऋण तिर्ने र घर व्यवहार चलाएर पनि पैसा बचत गरिरहेको कुरा झट्ट सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । 
  • धेरै मान्छेको सोचाई हुन्छ घर ब्यवहार धान्न, सन्तानलाई शिक्षा दिन र सुन्दर भबिष्य जीवन यापन गर्न कि सरकारी जागिर खानुपर्छ कि त विदेश जानुपर्छ ।
  • तर बर्दिया जिल्ला बाँसगढि नगरपालिका ८ बेलौलिकी एक एकल महिलाले बाख्रापालन गरेर दैनिक घरखर्च चलाएर पनी केहि पैसा बचत गरेकी छिन  । उनको घरमा श्रीमान दुई छोरा गरी चार जनाको परिवार थियो । श्रीमान पुर्खौली ऋण तिर्न बर्षको प्रायजसो काला पहाड नै हुन्थे ।
  • घरमा सुशीलाले दुई चारवटा बाख्रा पालेर घरको खर्च जोहो गर्थिन । यसरि नै उनको जीवन चलिरहेको थियो । यसै क्रममा एक दिन श्रीमानको मृत्यु भयो । सुशीलालाई आफ्नो जीवन बर्बाद भएको र बाच्ने आधार सकिएको भन्दै खिन्न हुन थालिन ।
  • समय बित्दै जादा नावालक छोराहरुको मायाले उनि वाध्यता वंश बिस्तारै पिडाबाट मुक्तहुदै गइन । सुशीलाले सन्तानको शिक्षा दिने, साहुको ऋण तिर्ने र घरव्यवहार धान्न बाख्रापालन व्यवसाय नै गर्ने निधो गरिन ।
  • उनको घरमा बाख्राको संख्या बढाउन थालिन र क्रमशः पांच छ वटा बाख्रा पाल्न थालिन । जव उनलाई एउटा राम्रो र व्यवस्थितर खोर र उन्नत बाख्रा र बोकाको आवश्यकता थियो । त्यसपछि वेलौली टोलका २५ घर मिलेर लगनशील बाख्रापालन समुह गठन गर्यौ  । उक्त समयमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, बिकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवलमा खोर बनाउने, बाख्रा, बोका किन्ने आदि क्रियाकलापका लागि पुरक अनुदान दिने सुचना पाएर उक्त आयोजनामा राखी प्रस्ताव पेश गर्ने निर्णय गरी पेश गर्यौ । हाम्रो प्रस्ताब स्वीकृत पनि भयो । प्रस्ताव स्वीकृत दिन बाख्राको नया खोर बन्ने भयो भनि म खुसीले गदगद भए सुशीलाले भनिन ।
  • अहिले उक्त समूूहमा नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजनाले कृषकको १७ वटा आधुनिक खोर निर्माण, २५० वटा उन्नत जातका बाख्रा किन्न, १२ वटा उन्नत जातका बोका किन्न लगाएत बाख्रापालन सम्बन्धी तालिम, आहार र औषधी उपचारमा सहयोग गरेको छ । अहिले गाउमा बाख्रापालन व्यवसाय फस्टाउदै गएको र आम्दानीको राम्रो श्रोत भएको कुरा नगरपालिकाका पशु सेवा प्राविधिक घनश्याम तिवारीले वताउनु भयो ।
  • उता सुशिलाको घरमा पनी आयोजनाको सहयोगमा एउटा आधुनिक खोर निर्माण, ८ वटा उन्नत जातका बाख्रा र १ वटा उन्नत जातकै बोका प्राप्त भएको छ । सुुशिला भन्छिन, मलाई त ढुुङगा खोज्दा देउतामिले झै भाको छ,खोर र उन्नत बाख्राको अभावले बाख्रा प्राय विरामी भईरहने, मर्ने, तौल कम हुने ढिलो बढ्ने कारणले गर्दा खासै आम्दानी हुन सकेको थिएन ।
  • अहिले सवै कुरा व्यवस्थापन भयो र छिटो छिटो फाईदा लिएकी छुु । “वास्तवमा आयोजनाले मेरो जीवनमा नँया साहस र उर्जा थपेको छ । आयोजनाले खोर,बाख्रा रवोका आदीमा सहयोग गरी आधुनिक तवरले बाख्रापालन गर्न सिकाउदा अहिले मनग्ये आम्दानी गरी केही रकम बैंकमा भविस्यको लागी जम्मा गरेकी छुु” सुशिलाले भनिन ।
  • “जीवनमा आँट गरियो भने केहीपनी असम्भव भन्ने कुरा रहेनछ ईच्छा भयो भने सहयोग गर्न भगवान आउदा रहेछन,नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजना मेरो लागी भगवान समान भएको छ,” सुशिलाले थपिन ।