प्रकाशित मिति : २०२३-०८-०४ (अद्यावधिक मित : २०२३-०८-०४)
बाख्रापालन गरेर एकल महिलाले सजिलै छोराछारी पढाउने, साहुको ऋण तिर्ने र घर व्यवहार चलाएर पनी पैसा वचत गरिरहेको कुरा झट्ट सुन्दा सवैलाई अचम्म लाग्न सक्छ । 
धेरै मान्छेको सोचाई हुन्छ घर व्यवहार धान्न, सन्तानलाई शिक्षा दिक्षा दिन र सुन्दर भविस्य जीवन यापन गर्न कि सरकारी जागीर खानुपर्छ कि त विदेश जानुपर्छ ।
तर वर्दिया जिल्ला वाँसगढि नगरपालिका ८ वेलौलीकी एक एकल महिलाले बाख्रापालन गरेर दैनिक घरखर्च चलाएर पनी केही पैसा वचत गरेकी छिन । उनको घरमा श्रीमानदुुई छोरा गरी चार जनाको परिवार थियो । श्रीमान पुख्र्यौली ऋण तिर्न वर्षको प्रायजसो काला पहाड नै हुन्थे । 
घरमा सुशिलाले दुुई चारवटा बाख्रा पालेर घरको खर्च जाहो गर्थिन । यसरी नै उनको जीवन चलिरहेको थियो । यसै क्रममाएकदिनश्रीमानको मृत्युु भयो । सुुशिलालाई आफ्नो जीवन ववार्द भएको र वाच्ने आधार सकिएको भन्दै खिन्न हुन थालिन । 
समय वित्दै जादा नावालक छोराहरुको मायाले उनी वाध्यता वंश विस्तारै पिडाबाट मुक्तहुदै गईन । सुशिलाले सन्तानको शिक्षा दिक्षा दिने,साहुको ऋण तिर्ने र घरव्यवहार धान्न बाख्रापालन व्यवसाय नै गर्ने निधो गरिन ।
उनले घरमा बाख्राको संख्या वढाउन थालिन र क्रमशः पाच छ वटा बाख्रा पाल्न थालिन । ऋव उनलाई एउटा राम्रो खोर र उन्नत बोकाको आवस्यकता थियो । 
त्यसपछि हामी वेलौली टोलका २५ घर मिलेर वेलौली लगनशिल बाख्रापालन समूह गठन गर्यौ । 
नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलमा खोर वनाउने,बाख्रा किन्ने,वोका किन्ने आदी क्रियाकलाप राखी प्रस्ताव पेश गर्ने निर्णय गर्यौ र पेश गर्यौ । हाम्रो प्रस्ताव स्वीकृत पनी भयो । प्रस्ताव स्वीकृत भएको दिनबाख्राको नयाखोर वन्ने भयो भनी म गद्गद् भए सुशिलाले भनिन । 
अहिले उक्त समूूहमा नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजनाले कृषकको १७ वटा आधुनिक खोर निर्माण, २५० वटा उन्नत जातका बाख्रा किन्न, १२ वटा उन्नत जातका बोका किन्न लगाएत बाख्रापालन सम्बन्धी तालिम, आहार र औषधी उपचारमा सहयोग गरेको छ । अहिले गाउमा बाख्रापालन व्यवसाय फस्टाउदै गएको र आम्दानीको राम्रो श्रोत भएको कुरा नगरपालिकाका पशु सेवा प्राविधिक घनश्याम तिवारीले वताउनु भयो । 
उता सुशिलाको घरमा पनी आयोजनाको सहयोगमा एउटा आधुनिक खोर निर्माण, ८ वटा उन्नत जातका बाख्रा र १ वटा उन्नत जातकै बोका प्राप्त भएको छ । सुुशिला भन्छिन, मलाई त ढुुङगा खोज्दा देउतामिले झै भाको छ,खोर र उन्नत बाख्राको अभावले बाख्रा प्राय विरामी भईरहने, मर्ने, तौल कम हुने ढिलो बढ्ने कारणले गर्दा खासै आम्दानी हुन सकेको थिएन । 
अहिले सवै कुरा व्यवस्थापन भयो र छिटो छिटो फाईदा लिएकी छुु । “वास्तवमा आयोजनाले मेरो जीवनमा नँया साहस र उर्जा थपेको छ । आयोजनाले खोर,बाख्रा रवोका आदीमा सहयोग गरी आधुनिक तवरले बाख्रापालन गर्न सिकाउदा अहिले मनग्ये आम्दानी गरी केही रकम बैंकमा भविस्यको लागी जम्मा गरेकी छुु” सुशिलाले भनिन । 
“जीवनमा आँट गरियो भने केहीपनी असम्भव भन्ने कुरा रहेनछ ईच्छा भयो भने सहयोग गर्न भगवान आउदा रहेछन,नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजना मेरो लागी भगवान समान भएको छ,” सुशिलाले थपिन ।