प्रकाशित मिति : २०२३-०८-०४ (अद्यावधिक मित : २०२३-०८-०४)
•नेपाली सेनाको जागिरमा कार्यरत हुदै गर्दा जागिरबाट अवकास लिइ कृषि पेशा गर्ने उत्प्रेरणा जागेर म २०७१ सालमा लेयर्स कुखुरा फर्म दर्ता गरि व्यावसायिक रुपमा कृषि कर्म गर्दै गर्दा आफ्नो व्यावसायलाई फराकिलो वनाउने सोचले बाख्रापालन बारेअध्ययन गर्न थाले, नेटमा हेर्न थाले, विभिन्न ठाउका बाख्रा फार्महरु भ्रमण गर्न थाले।
•त्यसपछि २०७२ सालमा बाख्राको खोर निर्माण गरि ३० गोटा माउ बाख्रा खरिद गरि बाख्रा पालन सुरुवात गरे। मानिसहरु इन्डिया तथा खाडि मुलुकमा गएर जस्तो पनि काम गर्न तयार हुन्छन तर आफ्नै देशमा मजदुरि वा अर्काको फर्ममा गएर काम गर्न लाज मान्ने,इज्जत जाने कुण्ठित भावनाले गर्दा कामदारको अभावले धेरै दुख सहन पर्यो। रात दिन सङ्घर्ष गर्दै गए।
•बाख्राको खोर आर्थिक अभावले गर्दा  व्यबस्थापनमा समस्या देखिन थाल्यो जस्तै बाख्रा तुहिने , जन्मिएका पाठपाठी मर्ने, दाना तथा घाँसपानि दिन समस्या,हाडनाता पर्ने आदिआदि कार्यले समस्या बनाइरह्यो।
•विस्तारै समय वित्दै गयो व्याबसायमा दत्तचित्त भएर काम गर्दै गर्दा बाख्रापालन बाट जिन्दगि गुजारा त चल्यो तर प्रगति भने शुन्य बराबर थियो, सन्तुष्ट हुने आधार भनेको साथिभाइको प्रसंसा र विभिन्न संघ सस्था अनि सरकारि निकाएको सम्मान जसले मलाई आफ्नो कर्ममा अघि बढ्न सहज बनायो ।
•त्यतिकैमा नेपालमा एन.एल.एस.आइ.पि.बाट ५०% अनुदान सहयोगमा प्रोजेक्ट सञ्चालन हुने खबर सुनेपछि तिन चरणको छनौटबाट मेरो फर्म पनि उप-आयोजना सञ्चालन गर्न सफल भयो ।
•एन.एल.एस.आइ.पि. बाट ५०% अनुदान कृषि विकास बैंक बाट ३०% ऋण तथा २०% आफ्नो स्व-लगानीमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र विनय कृषि फर्म वीच मिति २०७८-११-१६ गते दिपक्षिय सम्झौता सम्पन्न भयो ।

विभिन्न आरोह अवरोह पार गर्दै यस उप-आयोजनाको सम्पुर्ण कार्यहरु सम्पन्न गर्दै हाल आधुनिक बाख्राको खोर,यार्ड, कम्पोष्ट पिट, युरिन पिट, गोदाम घर,आदि निर्माण गरियो साथै चापकटर, दाना बनाउने मेसिन, खेतबारिमा गएर  घाँस काट्ने मेसिन, व्यवस्थित डुड तथा भाडाहरु खरिद गरिएकाले हाल आएर सबै कुरामा सुविधा भइरहेको छ ।

•हाल मेरो फर्ममा २०० बढि बिभिन्न उन्नत जातका बाख्रा बोका तथा पाठपाठि रहेका छन। ५ विगाह मा विभिन्न जातका घाँस खेति गरेको छु। ४ जना युवालाई पुर्ण रोजगार दिएको छु भने गाँउका १० जना भन्दा बढि युवा लाई आंशिक रोजगार दिएको छु।
•नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा गरे के हुन्न भन्ने कुराको राम्रो उदाहरण बन्न पुगेको छु र हजारौ युवाको प्रेरणाको स्रोत बन्न पुगेको छु ।
•यस उप-आयोजना सञ्चालन पश्चात आफ्नो व्यावसायलाई व्यावसायिक,दिगो तथा व्यवस्थित वनाउन फर्ममा रेकर्ड राख्ने, आगन्तुक पुस्तिका, विल\भरपाई, दर्ता\चलानी, बैङ्क नगदी खाता तथा जिन्सी खाता सन्चालन गर्ने आदि काममा अभ्यस्त हुने अवसर तथा महत्व बुझ्न पाइयो।
•यस उप-आयोजना सङ्ग जोडिनु पुर्व सानो, सिमित र अव्यवस्थित मेरो व्यावसाय हाल नगर तथा जिल्ला कै नमुना फर्म हुन पुगेको छ। बर्षमा २०\३० खसिबोका को कारोबार गर्ने म वार्षिक करिब २०० वढि खसिबोका तथा पाठपाठी विक्रि गर्ने व्यावसायी हुने कुरामा विश्वस्त छु।
•हालको मेरो फर्ममा रहेको बाख्राको मृत्यु दर न्युन हुनु, बाख्रा स्वस्थ हुनु, रेकर्ड राख्दा इन्ब्रिडिङ्ग नहुनु,घाँस तथा दाना पानीको राम्रो व्यवस्थापन हुनु, बाख्राको खोर आधुनिक र वातावरण मैत्रि हुदा सरसफाई हुनु, पुर्णतया खोप तथा परजिवि नियन्त्रण हुनु, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना तथा विभिन्न सरकारी तथा गैह्रसरकारी निकायको नियमित फर्म भ्रमण अनि फिडव्याक पाउनु नै मेरो सफलताको आधार रहेको छ।
•आगामी दिनमा यस व्यावसायलाई नियमित गरि करिब २०० माउ पाल्ने, कम्पोष्ट मलको उत्पादन गरि बजारिकरण गर्ने, घाँसको विऊ उत्पादन गर्ने तथा सन्तुलित दाना उत्पादन,साईलेज र हे उत्पादन गर्ने योजनामा अघि बढिरहेको छु। आशा र विस्वास छ कि सफल हुनेछु।
•विशेष धन्यावाद नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, नेपाल सरकार, विश्व बैङ्क तथा सम्पुर्ण जसले मलाई प्रत्येक्ष\अप्रत्यक्ष सहयोग,सल्लाह र सहि मार्गनिर्देसन दिएर यहा सम्म सफल बनाउनु भयो। आदर्णिय डा. गान्धिराज उपाद्ध्याय, डा. शिवलाल भुषाल, डा. अरुण खनाल, लेखापाल सर श्री हरि ज्ञावाली, डा. छत्र बहादुर क्षेत्री, अनुगमन विज्ञ, श्री दुर्गा बहादुर बोहोरा, ईन्जिनियर श्री सन्तोष थापा, तथा सम्पुर्ण डि.एल.एस.यु. बुटवल टिम प्रति हार्दिक आभार ।

बिनय कृषि फर्म 

बाँसगढी नगरपालिका

बर्दिया