प्रकाशित मिति : २०२३-०८-०४
•अध्ययन त्यसपछि अध्यापन, गरिवि र संघर्ष त्यसपछिको सफलता , जिन्दगिको यात्रामा आफ्नो अस्तित्वलाई साकार पार्ने क्रममा वैदेशिक यात्रा त्यो पनि रत्नराज्यलक्ष्मि क्यामपसबाट अंग्रेजि विषयमा स्नातकोत्तर पढ्दै गर्दा साउदि अरव मा घरको आर्थिक अभावलाई टार्नको लागि आफ्ना इच्क्षा आकांक्षा र लक्षलाई तिलान्जलि दियको त्यो दिन नै मेरो लागि यउटा जिन्दगिको नया अध्याय हुन पुग्यो ।
•तिन वर्ष खाडिको रापमा सेकिएर, रातदिन काम गर्दै आफ्नो घरको आर्थिक अवस्था त सुधार गरे तर फर्कियर हेर्दा आफन्त, समाज अनि यै समाजमा केहि गरेर आफ्नो सामाजिक अवस्था  सुधार गर्ने अवस्था आएको महसुस गरि नेपाल फर्केर कृषिलाई आफ्नो नया कर्म बनाउने निधो गरि त्यो तिन वर्षिय कष्टकर यात्रालाई बिट मार्दै मिठा सपना, केहि फरक गर्ने हुटहुटि अनि आफ्नो भोक,निन्द्रा, खुन, पसिना संग साटेर कमाएको केहि रकम लिएर फर्किए आफ्नै कर्म भुमिमा ।
•केहि दिन आफन्त, साथिभाइ र परिवार संग समय विताएपछि आफनो लक्ष लाई पवारमा सुनाय तर कृषि प्रधान हाम्रो देशमा कृषि कर्मलाई हेला गर्ने जुन परिपाटि छ त्यो बाट मेरो परिवार अछुतो रहेन र म आफ्नो योजना पछि सार्न बाध्य भए र मदिराको व्यापार सुरु गरे। काम कुरो एकातिर कुम्लो बोकि ठिमि तिर  भने झै एकातिर को लक्ष लिएको म अर्को तिर काम गर्दा कहा मन लाग्नु तिन महिना व्यापार गरे पछि कुनै आशाको किरण नदेखेर व्यापार छाडि फेरि विदेश जाने तयारि गरे। तर त्यो नि सफल भइन अनि फर्केर आए आफ्नै गाउमा अनि सुरु गरे बाख्रा पालन ।
•विस्तारै समय वित्दै गयो व्याबसायमा दत्तचित्त भएर काम गर्दै गर्दा बाख्रापालन बाट जिन्दगि गुजारा त चल्यो तर प्रगति भने शुन्य बराबर थियो , सन्तुष्ट हुने आधार भनेको साथिभाइको प्रसंसा र विभिन्न संघ सस्था अनि सरकारि निकाएको सम्मान जसले मलाई आफ्नो कर्ममा अघि बढ्न सहज बनायो ।
•विस्तारै घरपरिवार बाट सहयोग मिल्न थाल्यो। व्यावसाय सञ्चालन कै क्रममा सानाकिसान लघुवित्त वित्तिय संस्था मार्फत इजरायल गई तालिम लिने अवसर मिल्यो ।  केहि कमाउने अनि केहि सिक्ने ११ महिना बित्यो। जहा बाख्रापालन सम्बन्धि प्रोजेक्ट तयार गर्ने अनि नेपालमा भएको आफ्नो फर्मलाई व्यबस्थित बनाउने काम मा अहोरात्र मेहेनत गरे। त्यतिकैमा नेपालमा एन.एल.एस.आइ.पि.बाट ५०% अनुदान सहयोगमा प्रोजेक्ट सञ्चालन हुने खबर सुनेपछि इजराएल बसाईलाई बिट मार्दै नेपाल फर्किए।
•तिन चरणको छनौटबाट मेरो फर्म पनि उप-आयोजना सञ्चालन गर्न सफल भयो । खुसिको सिमा रहेन , आफन्त,साथिभाइ र विभिन्न व्यक्तित्वबाट मेरो उपआयोजना सफल बनाउन साथ, सहयोग र सल्लाह प्राप्त भएसंगै जोस जांगरका साथ काम सुरु भयो।
•एन.एल.एस.आइ.पि. बाट ५०% अनुदान कृषि विकास बैंक बाट ३०% ऋण तथा २०% आफ्नो स्व-लगानि गरि कुल ६८,४५,५०४ रुपैया को लगानिमा सञ्चालन हुने यस ‘उन्नत बाख्रापालन तथा खसिबोका बिक्रि वितरण उप-आयोजना’ को नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र प्रेसिका एग्रि फर्म विच मिति २०७८-११-१३ गते दिपक्षिय सम्झौता सम्पन्न भयो । विभिन्न आरोह अवरोह पार गर्दै यस उप-आयोजनाको सम्पुर्ण कार्यहरु सम्पन्न भए।
•हाल मेरो फर्ममा २५० बढि बिभिन्न उन्नत जातका बाख्रा बोका तथा पाठपाठि रहेका छन। ७ विगाह मा विभिन्न जातका घाँस खेति गरेको छु। ५ जना युवालाई पुर्ण रोजगार दिएको छु भने गाँउका १० जना भन्दा बढि युवा लाई आंशिक रोजगार दिएको छु। नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा गरे के हुन्न भन्ने कुराको राम्रो उदाहरण बन्न पुगेको छु र हजारौ युवाको प्रेरणाको स्रोत बन्न पुगेको छु ।
•यस उप-आयोजना सञ्चालन पश्चात आफ्नो व्यावसायलाई व्यावसायिक,दिगो तथा व्यवस्थित वनाउन फर्ममा रेकर्ड राख्ने, आगन्तुक पुस्तिका, विल\भरपाई, दर्ता\चलानि, बैङ्क नगदि खाता तथा जिन्सि खाता मेन्टेन् गर्ने आदि काममा अभ्यस्त हुने अवसर तथा महत्व बुझ्न पाइयो। यस उप-आयोजना सङ्ग जोडिनु पुर्व सानो, सिमित र अव्यवस्थित मेरो व्यावसाय हाल नगर तथा जिल्ला कै नमुना फर्म हुन पुगेको छ।
•बर्षमा ४०\५० खसिबोका को कारोबार गर्ने म वार्षिक करिब ३०० वढि खसिबोका तथा पाठपाठि विक्रि गर्ने व्यावसायि हुने कुरामा विश्वस्त छु। हालको मेरो फर्ममा रहेको बाख्राको मृत्यु दर न्युन हुनु, बाख्रा स्वस्थ हुनु, रेकर्ड राख्दा इन्ब्रिडिङ्ग नहुनु,घाँस तथा दाना पानिको राम्रो व्यवस्थापन हुनु, बाख्राको खोर आधुनिक र वातावरण मैत्रि हुदा सरसफाई हुनु, पुर्णतया खोप तथा परजिवि नियन्त्रण हुनु, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना तथा विभिन्न सरकारि तथा गैह्रसरकारि निकायको नियमित फर्म भ्रमण अनि फिडव्याक पाउनु नै मेरो सफलताको आधार रहेको छ।
•आगामि दिनमा यस व्यावसायलाई नियमित गरि करिब ५०० माउ पाल्ने, फर्म मै स्थलगत तालिम दिइ हजारौ युवालाई स्वरोजगार वनाउने, कम्पोष्ट मलको उत्पादन गरि बजारिकरण गर्ने, खसि वधशाला निर्माण गरि स्वच्छ मासु तथा मासुजन्य पदार्थको उत्पादन गरि बजारिकरण गर्ने, घाँसको विऊ उत्पादन गर्ने तथा सन्तुलित दाना उत्पादन,साईलेज र हे उत्पादन गर्ने योजनामा अघि बढिरहेको छु। आशा र विस्वास छ कि सफल हुनेछु।
•विशेष धन्यावाद नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, नेपाल सरकार, विश्व बैङ्क तथा सम्पुर्ण जसले मलाई प्रत्यक्ष\अप्रत्यक्ष सहयोग,सल्लाह र सहि मार्गनिर्देशन दिएर यहा सम्म सफल बनाउनु भयो। आदर्णिय डा. गान्धिराज उपाध्याय, डा. शिवलाल भुषाल, डा. अरुण खनाल लेखापाल सर श्री हरि ज्ञवाली, डा. छत्र बहादुर क्षेत्री, अनुगमन विज्ञ श्री दुर्गा बहादुर बोहोरा, ईन्जिनियर श्री सन्तोष थापा, तथा सम्पुर्ण डि.एल.एस.यु. बुटवल टिम प्रति हार्दिक आभार ।

प्रेम प्रसाद लामिछाने

सञ्चालक, प्रेसिका एग्रि फर्म

ठाकुरबाबा-२ बर्दिया।