प्रकाशित मिति : २०२३-०८-२५
मेरो उद्यमको यात्रा २०७६ साल बैशाख बाट सुरु गरेको थिएँ। स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना लिएर मैले कृषि
पेशालाई छनोट गरी पशुपालन तफ आकर्षित भए । बजारका दृष्टिकोणले दुध बिक्रि गर्न निकै सहज भएको र आम्दानी
राम्रो भएको हुँदा मैले यस पेशालाई निरन्तरता दिएँ । सुरुमा मेरो दुध उत्पादन दैनिक ४५ लिटर थियो । ६ वटा भैँसिबाट
सुरु गरेको मेरो पशुपालन व्यवसाय बाट मैले दैनिक २६०० आम्दानी गरिरहेको थिएँ । यसबाट मेरो खर्च चलनको साथै
केही प्रतिशत बचत पनि हुन थाल्यो । घाँसमा आधारित पशुपालन गर्दा दुधको प्रति लिटर उत्पादनमा लागत कम आउने
हुँदा मैले उन्नत खालका हिउँदे बर्षे खेतीलाई पनि जोड दिदै आएको थिएँ । यस अनुरुप मैले काम गर्दैँ थिएँ र मेरो
व्यवसायलाई अझ बढाउने र दुध उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उदेश्य थियो । उदेश्य लिदै गर्दा मेरो नेपाल लाइभस्टक
सेक्टर इनोभेसन आयोजना संग जोडिने अवसर मिल्यो ।जब म यस आयोजना सँग मिलेर काम गर्ने योजना बनाए तब
मैले गोठ निर्माण, कम्पोष्ट पीट, यूरिन पिट निर्माण गरी भैसीँ सङ्ख्या पनि थप गरि ८ वटा भैसीँ खरिद गरि अहिले
व्यवसाय गरिरहेको छू । नेपाल लाइभस्टक सेक्टर इनोभेसन सँग ५० प्रतिशत पूरक अनुदान पाए पछी काम गर्न निकै
उत्साह हौसला मिलेको छ । यसले गर्दा उत्पादन र आम्दानी दुबै बढाउन पाएँ । घरका सदस्यहरु स्वरोजगार हुने अवसर
पाएका छन् । यसको आम्दानीबाट हाल घर खर्च र बचत पनि गर्न थालेको छु ।यस NLSIP सँग जोडिएपछि मेरो उत्पादन
दोब्बर हुँदा आम्दानी पनि दोब्बर भईरहेको छ। मेरो पेशालाई निरन्तरता दिदै आगामी दिनहरुमा अरुलाई यस पेशामा
आउन प्रेरणा मिल्ने गरि गरिरहेको हुदाँ अवश्य मेरो लक्ष्य, उदेश्य पुरा हुने आशा मैले राखेको छू ।
 
भोजराज बन्जाडे
अजिता कृषि फार्म
शिवराज न.पा.-५ चन्द्रौटा, कपिलवस्तु